दफा ९
समाचार प्रकाश गर्नमा प्रतिबन्ध
पदाधिकारीले आयोगको पूर्वस्वीकृति नलिई आफूले पदमा रही कर्तव्य पालन गर्दा प्राप्त भएको जानकारी वा कुनै गोप्य वा कानुनद्वारा निषेधित विषय वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रेस वा अरू कसैलाई दिनु वा बताउनु हुँदैन । यो प्रतिबन्ध आयोगको पदाधिकारीबाट अवकाश प्राप्त पूर्व पदाधिकारीको हकमा समेत लागू रहनेछ ।